
२०६३ सालको साझा बाल साहित्य पुरस्कारबाट सम्मानित आख्यानकार शर्मिला खड्का (दाहाल) द्धारा लेखिएको पछिल्लो कथा संग्रह समयको क्यानाभासमा अहिले बजारमा चर्चामा रहेको छ ।
उत्खनन् साहित्य प्रतिष्ठान इटहरी द्धारा प्रकाशन गरेको शर्मिला खड्का (दाहाल) को समयाको क्यानभासमा कथा संग्रहमा दुई दर्जन कथाहरुलाई संग्रिहित गरिएको छ । सुहाउँदो अक्षर चिटिक्क अक्षर साइज र सुन्दर लेखन शैलीले संग्रहमा संग्रहित जुन कुनै कथामा बीचमै रोकन मन लाग्दैन । कथा पढ्न थाले पछि कथा नसकिए सम्म कथाबाट मन बाहिर जान दिदैन यो नै कथाको सफलता हो ।
“शर्मिलाका कथामा मन मस्तिष्कका भावना र चेतनाका नँया समय र प्रवृतीका कलापूर्ण निष्पादन हुन । कथाको यथार्थता र जिवन्तताले प्रत्यक पाठकलाई गहिरो गरि छोएर जान्छ । अधिकांश कथाको अन्तर्तहमा प्रेम र वासना छचल्किन्छ मलाई लाग्छ जीवनका सबै कथा अतृप्त प्रेम र वासनाले बुनेका छन – तिनीहरुकै प्राप्ति र विलयनले” डा. गोविन्द भट्टराईले भूमिकामा लेख्नु भएको छ ।
आजको इन्टरनेट यूगमा कथाले खोजेको नँया हाँकलाई उनले पछ्याएको र उनको कथामा कथावस्तु शैली वा प्रस्तुति र चरित्रहरुमा मात्र नविनता नभएर निवन्ध, कविता, गजल वा अन्य विधालाई समेत आत्मा सात गर्दै अगाडि बढ्न खोजेको कुरा परशु प्रधानले व्यक्त गर्नु भएको छ ।
शर्मिला खड्का (दाहाल) को समयको क्यानभासमा कथा संग्रह एक पटक सबै कथामनहरुले पढ्नै पर्ने कथा हो ।
कृति – समयको क्यानभासमा (कथासंग्रह)
लेखिका – शर्मिला खड्का (दाहाल)
पेज संख्या– १७०÷१७
मुल्य – १६०÷–