Tuesday, February 9, 2010

मुक्तक


–सरुआस्था

धोकाको आँसु दियौ पिएर जान्छौ कि त ?
च्यातेका थियौ मन सिएर जान्छौ कि त ?
विगत तिर फर्काइ नआउने याद गरि
लिएका थियौ जे–जे दिएर जान्छौ कि त?

याद भन्दा गाढा भयो सम्बन्धको नाल आज
आफै भित्र पस्यो कि त समयको छाल आज
थिग्य्राएर मश्तिष्कले माया मात्र तैरिएको
आफ्नो मन आफैभित्र उड्ने भयो हाल आज

–सुप्रभात साहित्य समूह

No comments:

Post a Comment