Tuesday, February 9, 2010

पल्लवी रातहरु बजारमा पल्लवीत हुदैछन


शिल्पी साहित्य प्रतिष्ठान द्धारा देश भरिका मुक्तककारहरुको मुक्तकलाई समेटेर एउटा कृतिको जन्म दिने क्रममा पल्लवी रातहरुको जन्म भएको छ । पल्लवी रातहरुमा चोटिला, घोचिला, रसिला मुक्तकहरुको संयोजन छन ।
यही संसिर २० गते नेपाल ल क्याम्पस प्रदर्शनिमार्गमा विमोचनमा गरिएको पल्लवी रातहरुको सभापतीत्व शिल्पी साहित्य प्रतिष्ठानका अध्यक्ष तथा साहित्यकार कैलाश कुमार दर्लामीले गनृु भएको थियो भने विस्नु प्रवा सापकोटाको कार्यक्रम प्रस्तुतिले एउटा छुट्टै उर्जा थपिरहेको थियो । प्रमुख अतिथि रत्न समशेर थापाको अतिथि आशन ग्रहण साथै ज्ञानुवाकर पौडेल, रमेश पौडेल, बुदि सागर चापाई, शर्मिला खड्का (दाहाल), विनोद मञ्जन ............................आदि बरिष्ठ साहित्यकारहरुको राम्रो जमघट रहेको उक्त कार्यक्रममा साहित्यकार तथा समालोचक कृष्ण प्रधानको उपस्थिति रहेको थियो ।
नेपाल ल क्याम्पसको हल भरि भरिएका मुक्तक मनहरु, साहित्य मन भएका साहित्य प्रेमीहरु किशन शीतल विवशको घोचिलो मुक्तक सँगैको स्वागत मन्तव्यले सबैलाई समेट्दै बीच बीचमा मुक्तक मनहरुको मुक्तकमा पौडदै अग्रजहरुको शब्द संयोजन र मुक्तकमा रमाउदै बसेका साहित्यिक मनहरुलाई कार्यक्रमको साँढे दुई घण्टाको अवधिभर बीच बीचमा बोलिने मुक्तक अतिथिहरुको चोटिलो मुक्तक र बोलिएका प्रत्यक शब्दहरुले र कार्यक्रम प्रस्तोताको प्रस्तुतिकरणले सबैलाई एकत्रित गर्न सफल रह्यो ।
पल्लवी रातहरु संयुक्त मुक्तक संग्रह जसले देशभरको मुक्तककारहरुको कलमलाई समेट्ने हर प्रयास गरेको हो विभिन्न कारणले देशभर पुग्न नसके पनि विभिन्न ठाँउलाई समेट्न सफल छ शिल्पी साहित्य प्रतिष्ठानको यो पहिलो प्रयासलाई र सफलतालाई सलाम ठोक्नै पर्छ । पल्लवी रातहरु – मुक्तक के हो ? कसरि लेख्ने ? भन्नेहरुको लागि भने गुरु बन्न सक्ने पक्का छ । यस संग्रहमा मुक्तकको उत्पति, विकास र संरचना समेत समेटिएको छ ।
एक सय पचास ओटा मुक्तकिलो मनहरुलाई समेटिएको पल्लवी रातहरु एक सय सरचालिस पेजको छ । एघार जना अग्रज श्रष्टाहरुको मुक्तकलाई समेत समेटेको पल्लवी रातहरुको मुल्य एक सय पचास रहेको छ । शिल्पी साहित्य प्रतिष्ठानको यो सफलतालाई बधाई दिदै आगामि कदमहरुको लागि हार्दिक शुभकामना व्यक्त गर्दछु ।

No comments:

Post a Comment